पर्यटन र सडक प्राथमिकता राखेर प्रदेश ४को निति तथा कार्यक्रम सार्वजनिक

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

पोखरा । चारको प्रदेश सरकारले पर्यटनल र सडक प्राथमिकता दिएर पाँच वर्षका लागी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार बसेको चार नंबर प्रदेशसभा बैठकमा प्रदेश प्रमुख बावुराम कुँवरले पाँच वर्षका लागी नीति तथा कार्यक्रम पेस गरेका हुन्

सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, २०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत अन्तराष्ट्रिय स्तरको पोखरा पर्यटन वर्ष मनाईने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटन पछि उर्जा, कृषि, उद्योग र पुर्वाधार विकासमा जोड दिईएको छ ।

प्रदेश सरकारले यो आर्थिक बर्षलाई कानुन तर्जुमा र प्रादेशिक संरचना बर्ष र आगामी बर्षलाई प्रदेशिक संरचना निर्माण बर्षको रुपमा कार्यान्वयन गरिनेछ ।
प्रदेश सरकारले कोरला नाका देखी त्रीवेणीसम्म उत्तर दक्षीण लोकमार्ग निर्माण, कालीगण्डकी र मस्र्याङदी क्षेत्रमा आर्थिक करिडोर निर्माण गरिने, पोखरालाई अन्य प्रदेशका केन्द्रसँग हवाई मार्गबाट जोड्ने र सरसफाईका लागी सबै स्थानिय तहमा ल्याण्डफिल्ड साईड निर्माण गर्ने निति लिएको छ ।

विपन्न वर्गलाई आवासको ब्यवस्था गर्दै स्याटलाईट सिटी निर्माण गर्ने , विद्युतिय सवारी साधनको प्रयोग बढाउँदै विद्युतिय चार्ज स्टेसन निर्माण गर्ने, ताल तलैया र जलाधार क्षेत्र संरक्षणका लागी एकिकृत जलाधार संरक्षण परियोजना बनाउने कार्यक्रम छ ।

प्रदेश सरकारले यो आर्थिक बर्षलाई कानुन तर्जुमा, प्रादेशिक संरचना बर्ष र आगामी बर्षलाई प्रदेशिक संरचना निर्माण बर्षको रुपमा कार्यान्वयन गर्ने नीति लिएको छ । प्रदेशको नीति तयार गर्दा सामाजिक न्याय, लैगिंक समानता, समानुपातिक समाबेशीकरण, समतामुलक समाजको आधार निर्माणमा केन्द्रित गर्ने जनाएको छ ।
यस्तै प्रदेशमा लगानी बढाउन २०७५ सालभित्रै लगानी सम्मेलन गरिने कार्यक्रम अख्तियारी गरिएको छ ।