र्याम्बो-रेजिना अभिनित ‘जिन्दगीको बाटो’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति : : सोमवार, बैशाख ३, २०७५

धर्मेन्द्र सेवन‘जिन्दगीको बाटो’ गीत लिएर आएका छन् । जिवेश सेढाईंको शब्द तथा संगीतमा सजिएको गीतमा गोपाल रसाइलीले अरेन्ज गरेका छन् ।

गीतको भीडीयोमा अमित प्रधानले परख गरेका हुन् भने बिपी भण्डारीले दृश्यांकन गरेका छन् ।

डार्क पराजुली निर्देशित म्युजिक भिडिओमा फिटनेस ट्रेनर तथा मोडल र्याम्बो अधिकारीले सरिना रेजिनासँग अभिनय गरेका छन् ।

अधिकारी र रेजिनाले गीतमाथि न्याय गर्दै गरेको अभिनयले भीडीयोमा निखार ल्याएको छ ।

समय र सम्बन्धमा केन्द्रित गीतको म्युजिक भीडीयो बुढासुब्बा डिजिटल प्रालिले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।