मेदान्त अस्पतालमा उपचाररत राजपा संयोजक ठाकुरको स्वास्थ्यमा सुधार

प्रकाशित मिति : : मङ्लबार, बैशाख ४, २०७५

Mahantha-Thakur-1

काठमाडौँ, ३ वैशाख । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ ।

संयोजक ठाकुरलाई स्वास्थ्य जाँचका क्रममा मुटुको धमनीमा समस्या देखिएपछि शुक्रबारदेखि सघन उपचार कक्षमा राखिएको उहाँका स्वकीय सचिव सत्येन्द्रकुमार मिश्रले जानकारी दिए ।

हाल संयोजक ठाकुरको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको र भोलिसम्ममा सघन उपचार कक्षबाट सामान्य वार्डमा सारिने स्वकीय सचिव मिश्रले बताए।

संयोजक ठाकुर उपचारका लागि गत चैत २७ गते भारत जानुभएको थियाे ।