आइसीयुमा भर्ना गरिएका महन्थ ठाकुरको अवस्था झन नाजुक

प्रकाशित मिति : : मङ्लबार, बैशाख ४, २०७५

Mahantha-Thakur-1

दिल्ली,बैशाख ४ । नियमित जाँजका लागि चैत २७ गते दिल्ली पुगेका संयोजक ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि उनलाई दिल्लीको मेदान्त अस्पतालको आईसीयूमा भर्ना आइसीयुमा भर्ना गरिएको छ । महन्थ ठाकुरको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

राजपा स्रोतका अनुसार स्वास्थ्यसम्बन्धी संदेश रगत प्रवाहमा समस्या देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको छ।

चैत ३० गते नै भर्ना भएका ठाकुरलाई हाल विशेष निगरानी गरी आइसीयुमा राखिएको बताइएको छ ।

केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि उनले डाक्टरको नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने थियो ।

तर उनले दुई वर्षदेखि नियमित जाँच गराएका थिएनन् । मधेश आन्दोलन, पार्टी एकीकरण तथा चुनावलगायतका विषयमा व्यस्त भएको कारण दिल्ली जान सकेका थिएनन् ।

डाक्टरसँग पटक पटक समय लिएपनि उनी व्यस्तताका कारण उपचारका लागि गएका थिएनन् ।