मन्त्री स्थापितकाे माग : मोटरसाइकलको पछाडी गर्लफ्रेण्ड बोकेर जाने ठाउँ चाहियो

प्रकाशित मिति : : मङ्लबार, बैशाख ४, २०७५

काठमाडौं । प्रदेश ३ का भौतिक पूर्वाधार तथा यातायात मन्त्री केशव स्थापितले प्रदेश ३ का पहाडी क्षेत्रलार्इ स्वर्गीय अानन्द लिने ठाउँका रूपमा विकास गर्ने बताए । ‘स्वीजरल्याण्ड मात्रै होइन स्वर्ग बनाउने हो, एकै पटक  दशाैं हजार मोटरसाइकलमा गएर रमाइलाे गर्न ठाउँ बनाउने हाे । साेमबार राजधानीमा भएकाे एक कायक्रममा ठट्टा गर्दै उनले थपे,’ मोटरसाइकलको पछाडी गल्फ्रेण्ड बाेकेर जाने ठाउँ चाहिएकाे छ ।’

भाषणलाइ सधैँ राेचक बनाउन उनले यस्ता टुक्का प्रयाेग गर्छन् । मन्त्री स्थापीतले युवाहरूकाे चाहनालाइ ध्यान दिदै ३ नं प्रदेशका पहाडी क्षेत्रलाइ गर्लफ्रेण्ड बाेकेर जाने र रमाइलाे गरेर फर्कने ठाउँमा  विकास गर्ने बताए ।

यस्तै उनले प्रदेश राजधानी हेटौंडामा राखेको आफूलाई चित्त नबुझेको बताएका छन् । ‘केही एमालेकै मान्छेले हेटौंडाबाट सार्न हुन्न भन्छन्, मैले सार्ने हैन अन्त तोक्ने हो भनेको छु ‘ उनले भने ।

अहिले आफूलाई मन्त्री भएजस्तो समेत नलागेको भन्दै उनले गाडीमा झण्डासमेत नहालेको टिप्पणी गरे । अहिले मुख्यमन्त्रीले समेत राजधानीका बारेमा बोल्न नदिएको भन्दै उनले भने, ‘ म हेटाैँडामा लाेखर्के गनेर बसेकाे छु ।’