पार्टी एकता प्रक्रिया मिल्न बाँकी विषयमा संयोजन समितिको बैठक जारी

प्रकाशित मिति : : मङ्लबार, बैशाख ४, २०७५

काठमाडौँ, ४ वैशाख । एकता प्रक्रियाका मिल्न बाँकी विषयमा छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।

यही वैशाख ९ गते सकेसम्म एकताको तयारीमा रहेका दुई दलबीच कार्यदलहरुबाट प्राप्त प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ ।

समितिमा रहेकामध्ये एमालेका वरिष्ठ नेता झलनाथ खनालबाहेक दुवै दलका शीर्ष नेता बैठकमा सहभागी हुनुहुन्छ ।