सात वर्षीय बालक बने मुम्बईको प्रहरीको इन्सपेक्टर

प्रकाशित मिति : : मङ्लबार, बैशाख ४, २०७५

सपना र आशा जीवन जिउने आधार हुन् । यदि ती  सपना पुरा भयाे भने मृत्युलाई पनि मानिसले सजिलै स्वीकार्न सक्छ । त्यही सपनाले डोहोर्‍याएर क्यान्सर सँग लडिरहेका एक सात वर्षीय बालकलाई इन्सपेक्टर बनाएको छ ।

मुम्बईका सात वर्षीय अर्पित मंडल कलिलै उमेरमा प्राणघातक क्यानसरसँग लडीरहेका छन् । तर यति कलिलो अर्पितलाई अब मृत्युसँग डर छैन । उनले आफ्नो जीवनको सपना पुरा गरिसकेका छन् । अर्पितले प्रहरी इन्सपेक्टर बन्ने आफ्नो सपनालाई मृत्यु अघि नै प्राप्त गरिसकेका छन् ।

क्यानसर पीडित अर्पितको इन्सपेक्टर बन्ने सपनालाई ध्यानमा राखेर मुम्बई प्रहरीले उनलाई एकदिनका लागि प्रहरी इन्सपेक्टर बनाइदिएका थिए । वर्दी लगाएर प्रहरी अधिकारीको भेषमा स्यालूट हानिरहेको अर्पितको तस्वीरलाई मुम्बाई प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेको थियो । मुम्बाई प्रहरीले ट्वीटरमा तस्वीरसहित लेखेको छ,‘जुन बच्चालाई क्यानसरसँग डर लाग्दैन, उ प्रहरी स्टेशनको इन्चार्च बन्न काविल छ । यदि हाम्रो बस चल्थ्यो भने हामी अर्पितलाई एक दिनका लागि प्रहरी इन्सपेक्टर बनाउन बाहेक उसका बाँकी सम्पूर्ण इच्छाहरु पुरा गर्थ्यौं ।’

मुम्बई प्रहरीको यस्तो कदमलाई निकै सराहना मिलेको छ । अर्पितको यो सपनालाई मुम्बई प्रहरी र मेक अ विश फाउण्डेशनले पुरा गरेको हो । मेक अ विश फाउण्डेशन गम्भिर विमारी भएका बच्चाहरुलाई मद्दत गर्ने संस्था हो । त्यस संस्थाले २०१५ मा पनि एउटी पाँच वर्षकी बालिकालाई भोइवाडा प्रहरी स्टेशनको प्रहरी अधिकारी बनाएको थियो । केहि दिन अगाडि मुम्बइ प्रहरीले गरेकाे ट्वीटकाे अाधारमा