यातायात समिति दर्ता र नवीकरण नगर्ने सरकारको निर्णय

प्रकाशित मिति : : मङ्लबार, बैशाख ४, २०७५

काठमाडौं । सरकारले यातायातसम्बन्धी संघ–संस्था जिल्ला प्रशासन कार्यलयमा दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यातायात सम्बद्ध संघ–संस्था प्रशासन कार्यालयमा दर्ता तथा नविकरण नगर्ने निर्णय गरेको हो ।
यातायात व्यवसायीहरुले आन्दोलनको धम्की दिइरहेका बेला सरकारले यातायात समितिहरु भंग गर्ने कठोर निर्णय लिएको हो ।

सरकारले अरनिको रागमार्गबाट सिण्डिकेटविरुद्ध एक्सन लिएको थियो । यो नयाँ यातायात कम्पनी प्रवेश गराएपछि देशभर रुट परमिट खुलाएको छ । यसबाट आत्तिएका सिन्डिकेटधारी यातायात व्यवसायीहरुले भने सरकारलाई घुँडा टेकाउने आन्दोलन गर्ने बताएका छन् ।

तर सरकारको नयाँ निर्णयसँगै यातायात समितिहरु नाफामुखी संस्थाहरूका रुपमा कम्पनी दर्ता गर्नुपर्छ । जबकि हाल यातायात समितिहरु जिप्रकामा गैरसरकारी संस्था (एनजीओ)का रूपमा दर्ता हुने गरका थिए ।