फरार अभियुक्त दीपक मनाङ्गे स्वयम्भूबाट पक्राउ

प्रकाशित मिति : : बिहिबार, बैशाख ६, २०७५

dipak

काठमाडौं । फरार अभियुक्तको सूचीमा रहेका प्रदेश ४ का सांसद् दीपक मनाङ्गे पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले बिहीबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरले स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा उनी पक्राउ गरेको पुष्टि गरेको छ ।

गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेपछि उनी सांसदको शपथसमेत नलिई फरार थिए ।