प्रधानसेनापति क्षत्री र चिनियाँ रेल्वे टोलीबीच भेटवार्ता

प्रकाशित मिति : : बिहिबार, बैशाख ६, २०७५

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग चिनियाँ रेल्वे ब्यूरो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सोङ रोङ हुनलगायतको तीन सदस्यीय टोलीले आज भेट गरेको छ ।

जंगी अड्डामा भएको भेटवार्तामा प्रधानसेनापति र उक्त टोलीबीच समसामयिक विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।