हेर्नुस् यस्ता फलफूलमा लुकेका छन् सुन्दरता

प्रकाशित मिति : : आइतवार, बैशाख ९, २०७५

face

काठमाडौ, बैशाख ९ । अहिलेको प्रदूषणले भरिएको वातावरणले गर्दा छाला चाँडै सुख्खा, बेजान र निस्तेज हुन्छ । छालाको गुमेको चमक फर्काउन र छालासित जोडिएको हरेक प्रकारको समस्या समाधान गर्न फलफूलको प्रयोग अत्यन्त प्रभावकारी हुन्छ । मेवा, स्याउ एप्रिकेट, स्ट्रबेरी आदि फलफूल छालालाई नरमपन प्रदान गर्न, रिंकल र दाग–धब्बा हटाउन, छालालाई भित्रबाटै पोषण प्रदान गर्न, रोमछिद्रमा फसेको मैलो सफा गर्न, छालाको लचिलोपन कायम राख्न तथा छालालाई चम्किलो एवं सुन्दर राख्न विशेष सहयोगी हुन्छन् ।

स्याउ : स्याउमा भएको एन्टिअक्सिडेन्ट्सले कोषिकालाई नष्ट हुनबाट जोगाउँछ र उमेरको प्रभाव छालामा पर्न दिँदैन । त्यसबाहेक स्याउमा छालालाई नरम, कोमल एवं लचिलो बनाउने विशेष गुण पनि पाइन्छ ।

एप्रिकेट : एप्रिकेटमा लिनालिक र ओलिक एसिड, भिटामिन ए, सी तथा लाइकोपिन हुन्छ । यी सबै तत्वको मेलका कारण एप्रिकेट छालाको सौन्दर्य बढाउन अत्यन्त लाभदायक हुन्छ । यसलाई छालामा उमेरको प्रभाव कम गर्न पनि प्रयोग गर्न सकिन्छ । यसले शरीरमा कुनै असर नपुर्‍याई छालाको दाग–धब्वा हटाउन तथा छालामा नरमपन प्रदान गरी सुख्खा छालाको उपचारमा सहयोग गर्छ ।

कागती : भिटामिन सी एवं कागती छालाका लागि फाइदाजनक हुन्छ । कागतीले छालालाई ताजा, सुन्दर एवं आकर्षक बनाउँछ । यसमा पाइने भिटामिन सी तथा प्राकृतिक ब्लिचिङको गुणले क्लिन्जरको काम गर्छ । कागती छालाको रंग सुधार्न, त्यसलाई चम्किलो बनाउन, छालाको दाग, धब्बा एवं फाइन लाइन्स हटाउन, पोतोको दाग हल्का गर्न, छालाको सुख्खापन हटाउन, छालालाई नरम तथा सुकोमल बनाउन सहायक हुन्छ ।

स्ट्रबेरी : स्ट्रबेरीको नियमित प्रयोगले छाला स्वस्थ एवं चम्किलो देखिन्छ । स्ट्रबेरीको रसले छालाको रंग सुधार्न तथा पोतोको दाग कम गर्न प्रभावकारी भूमिका निर्वाह गर्छ । यसले छालामा पर्ने उमेरको प्रभाव पनि कम गर्छ भने अल्ट्राभ्वाइलेट किरणबाट पुग्न गएको क्षतिलाई कम गरी छालालाई जवान एवं सुन्दर बनाउन सहयोग पुर्‍याउँछ । स्ट्रबेरीले छालामा नयाँ कोशिका निर्माण गर्ने प्रक्रिया अघि बढाएर छालाको पुनर्निर्माण गर्छ । यो आँखामुनिको कालो घेरा तथा आँखाको डिल सुन्निने समस्या कम गर्न पनि सहायक हुन्छ ।