मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मुनाफामा १३ प्रतिशत गिरावट

प्रकाशित मिति : : सोमवार, बैशाख १७, २०७५

mero-microfinance-

काठमाडौ, वैशाख १७ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Mero Microfinance Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ९९ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा १३ दशमलव ५१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ६ करोड ९३ लाख रुपैयाँ कमाएको थियो ।