भारतलाई प्रधानमन्त्रीको सुझावः गौतम बुद्ध नेपालमा जन्मेका हुन्, भ्रम नफैलाऊ

प्रकाशित मिति : : सोमवार, बैशाख १७, २०७५

KP-Oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्ध धर्मका प्रणेता गौतम बुद्धबारे गलत प्रचारप्रसार नगर्न आग्रह गरेका छन् ।

दुई हजार ५६२औँ बुद्ध जयन्तीका अवसरमा बुद्धजयन्ती समारोह समिति, आनन्दकुटी विहार स्वयम्भूद्वारा यहाँ आज आयोजित सार्वजनिक बौद्धसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “भारतलगायत देशका विद्यालय र कलेजका कोर्षमा गौतमबुद्धबारे गलत पढाइ भइरहेको छ, त्यसो गर्नु राम्रो होइन, सच्याउनुपर्छ ।”

उनले आज पनि गौतमबुद्धका विचार, शिक्षा र उपदेशको उत्तिकै महत्व रहेको बताए ।

अर्को प्रसङ्गमा उनले धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सांस्कृतिक सम्पदालाई पुरानै शैलीमा तर बलियो ढंगबाट जतिसक्दो चाँडो निर्माण गर्ने सरकारको योजना रहेको जानकारी दिए । समारोह समितिका महासचिव संघरत्न शाक्यले बुद्ध शिक्षाबारे विद्यालयस्तरको पाठ्यपुस्तकमा नै समावेश गर्नुपर्नेमा जोड दिए ।