महानगरले मजदूरमैत्री नीति ल्याउने

प्रकाशित मिति : : मङ्लबार, बैशाख १८, २०७५

विराटनगर, १८ वैशाख । एक सय २९ औंँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ पदयात्रा निकालिएको छ । 

ट्रेड युनियन काँग्रेस मोरङ जिल्ला कार्यसमितिको आयोजनामा हाटखोला चोकबाट निस्केको पदयात्रा नगरका विभिन्न भागको परिक्रमा गर्दै बुुधहाट चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुुलीले महानगरपालिकाले श्रमिक वर्गको हकहितका लागि मजदुुरमैत्री नीति तथा कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

सभामा नेपाल ट्रेड युनियन काँग्रेस १ नं प्रदेशका सचिव सुुनिता घिमिरे, मोरङ व्यापार संघका उपाध्यक्ष प्रकाश मुुन्दडा, कारखाना श्रमिक संघका अध्यक्ष श्रीप्रसाद साह तथा नेपाल शिक्षक संघका अध्यक्ष शिवराज कोइरालाले श्रमिकको हकहितका विषयमा बोल्नुभएको थियो । (तस्वीर समावेश छ)