बुद्ध जयन्तीको अवसर पारेर दिन भरि सर्वोच्च अदालतमा पूजा लगाईयो, यस्तो छ कारण

प्रकाशित मिति : : मङ्लबार, बैशाख १८, २०७५

supreme_court

काठमाडौँ । सोमबार बुद्ध जयन्ती परेकाले सबै सरकारी कार्यालय बन्द भए । तर, सर्वोच्च अदालतमा भने सोमबार पनि खुल्यो गरिनुको कारण थियो, श्रीयन्त्र प्रतिस्थापनका लागि पूजा अर्चना ।

सर्वोच्चको पुरानो भवनको भुइँतलामा कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीसहित सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीश तथा कर्मचारीले दिनभर नै पूजा गरिरहे । पशुपतिनाथबाट ल्याइएको तामा र पित्तल मिसिएको श्रीयन्त्रको प्रतिस्थापनका लागि प्रधानन्यायाधीश जोशीको सक्रियतामा हवन गरिएको सर्वोच्च प्रशासनको भनाइ छ ।