मोदी भ्रमणकालागि हिमालपारिको जिल्ला मुस्ताङ पनि जाने

प्रकाशित मिति : : मङ्लबार, बैशाख १८, २०७५

दुई दिने भ्रमणका लागि वैशाख २८ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिमालपारिको जिल्ला मुस्ताङ पनि जाने

बिहारको पटनाबाट भारतीय सेनाको हेलिकोप्टरमा जनकपुर ओर्लेर जानकी मन्दिरको दर्शनपछि नागरिक अभिनन्दमा सहभागी भएपछि मोदी काठमाडौँ हुँदै मुस्ताङ पुग्ने भएका हुन् ।

भारतीय सेनाका तीनवटा हेलिकोप्टरसहित नेपाल आउन लागेका मोदीले मुस्ताङ पुगेर मुक्तिनाथको पनि दर्शन गर्ने कार्यक्रम रहेको गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार जनकपुरमा बताएका छन् ।