प्रचण्डले गरे नेकपा एमाले र माओवादी केन्द्रबीच यही बैशाख २२ गते एकता हुने खुलासा

प्रकाशित मिति : : मङ्लबार, बैशाख १८, २०७५

prachanda

काठमाडौं, १८ बैशाख । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच यही बैशाख २२ गते नै एकता हुने खुलासा गरेका छन् । यसको लागि आफूहरुबीच निरन्तर कुराकानी भइरहेको बताएका छन् ।

मजदूर दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले मजदूरको हकहितका लागि आफू सँदैव लडिरहने पनि बताए । निर्वाचन पश्चात आफ्नो जीवनमा परिवर्तनको महसुस गर्न पाइन्छ कि भन्ने अपेक्षा जनताको मनमा पलाएको समेत प्रचण्डले बताए ।

उनले अहिले देश इतिहासको असाध्यै महत्वपूर्ण मोडमा रहेको बताउँदै भने, ‘धेरै समस्याहरु र अप्ठ्याराहरुसँग जुध्दै संघीय गणतन्त्र नेपालको संविधान निर्माण र त्यसको कार्यान्वयन स्वरुप निर्वाचन गरेका छौं । वाम गठबन्धनप्रति नेपाली जनतामा धेरै ठूलो आशा भरोषा पलाएको छ ।’

आफूहरुको एकता अब विश्व कम्युनिष्टहरुको सम्पत्ति भैसकेको बताए । उनले भने,‘एमाले–माओवादीबीचको एकता अब हाम्रोमात्रै होईन, विश्वकै कम्युनष्टिहरुको साझा सम्पत्ति भैसक्यो ।’

एकता गरेर अघि बढ्ने बताउँदै उनले आफूहरुलाई ईतिहाँसमा यस्तो अवसर मिलेको बताए । उनलेभ ने,‘ओलीजी, खनालजी र नेपालजी र हामी सबै लिडरहरुलई ऐतिहाँसिक अवसर जुर्यो, अब एकता गरेर विश्वलाई नै सन्देश दिन्छौं।’