जनकपुरको साँचो मोदीलाई बुझाउने तयारी !

प्रकाशित मिति : : बुधबार, बैशाख १९, २०७५

काठमाडौँ। जनकपुर भ्रमणमा आउदा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधामको साँचो बुझाउने तयारी भईरहेको छ ।

धार्मिक तथा ऐतिहासिक शहर भएपनि विकास निर्माणमा पछि परेकोले जनकपुरको विकासलाई कसरी अगाडी बढाउने जिम्मेवारी सहित जनकपुरको साँचो मोदीलाई दिने मेयर लालकिशोर साहले बताए । नेपाल र भारत बीचको सम्बन्धमा जनकपुरको योगदान महत्वपुर्ण रहेकोले यहाँको विकासलाई गति दिन भारतीय सहयोग आवश्यक रहेको मेयर साहको भनाई छ ।

मेयर साहले भने,‘हामी मोदीको भ्रमणलाई कसरी भव्य बनाउने विषयमा गम्भिर छौ । तर त्यसका साथ साथै जनकपुरको विकासमा भारतको सहयोगको कसरी लिन सकिन्छ,त्यस विषयमा पनि छलफल गरिरहेका छौ ।’ उनले भ्रमणलाई भव्य बनाउन जनकपुर उपमहागनरपालिकाले वडाध्यक्षदेखि सम्पुर्ण कर्मचारीलाई खटाएको बताए । पहिलो पटक भारतीय प्रधानमन्त्री जनकपुरको भ्रमण गर्न लागेकोले त्यसलाई सफल बनाउन स्थानीय नागरिक समाजलाई समेत आग्रहा गरेका छन्।-नया पत्रिकामा खबर छ