श्रीमानको कुटाइबाट नगरपालिका उपप्रमुख गम्भीर घाइते

प्रकाशित मिति : : बुधबार, बैशाख १९, २०७५

nagarpramukh

श्रीमानको कुटाइबाट गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारी गम्भीर घाइते भएकी छिन । गए राती उनका श्रीमान ध्रुब कुँवरसंग घरायसी काममा विवाद भएपछि कुँवरले कुटपिट गरेको स्थानीयले बताएका छन । आँखामा गम्भीर चोट लागेकी मुनाको शरीरभरि निलडाम देखिएको प्रहरीले जनाएको छ । उपप्रमुख अधिकारी कुट्ने कुँवरलाइ बाँडेगाउँ प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी बृत सातदोबाटो राखिएको प्रहरी निरीक्षक सुन्दर चौलागाईले लाई बताए ।

कुटाइबाट घाइते अधिकारीलाई उपचार गरिदै छ । स्थानीय स्तरमा हुने झैझगडा, मुद्दा मिलाउन गठन गरिने न्यायिक समितीको संयोजक रहने उपप्रमुख आफै घरेलु हिंसाको शिकार बनेकी हुन ।