बिप्लव र बादल ; एकले अर्कालाई सिध्याउने लिए यस्तो अडान

प्रकाशित मिति : : बुधबार, बैशाख १९, २०७५

badal-biplav

नेत्रविक्रम चन्द विप्लव जनसरकारलाई सक्रिय पार्न थालेका छन्, गृहमन्त्री बनेका जनयुद्धकालीन दौंतरी रामबहादुर थापा बादल गृहमन्त्री छन् र उनी कुनै पनि प्रकारको आतंकवाद सह्य नहुने भनेर दमन गर्न अघि सरेका छन् ।

एता बादल सरकारको नेतरित्व गर्छन भने उता विप्लप सरकारको बिरोध कुनै जमानामा युद्ध गर्दा हातमाथि हात लिएर हिडेका यी दुई सारथीहरु आज को कसलाई सिद्ध्याउने भन्ने बिषयमा तल्लिन छन् ।

जनयुद्धकालीन यी दुई लडाका कमाण्डरको जुवारीले यतिबेला सिंहदरवारदेखि पेरिसडाँडासम्म तरङ्ग फैलिएको छ । यसैवीच सडक संघर्षका क्रममा आफ्ना कार्यकर्ता पक्राउ परेको भन्दै तत्काल नछाडे नेपाल बन्द हुन्छ भनेर विप्लव माओवादीले वैशाख २२ गते नेपाल बन्द आह्वान गरेको छ ।

यता गृहमन्त्री रामबहादुर थापा बादल कुनै पनि बन्द, शान्ति व्यवस्था खलल पार्ने कार्य सरकारले नसहने भन्दै धरपकडका अभियान चलाउन थालेका छन् ।

विप्लव यो संविधान नमान्ने र जन संविधान चाहिन्छ भन्ने विद्रोहको आगो सल्काउन थालेको पक्ष हो ।विप्लवमात्र होइन, मधेशीदेखि अनेक पक्ष छन् जो संविधान नमान्ने र सुधार हुनुपर्छ भन्नेहरु छन् ।

ती राजनीतिक शक्ति हुन् र तिनीहरुसँग वार्ता गरेर हल निकाल्ने प्रयासमा ओली सरकार लागेकै छैन । दुई तिहाइ बहुमत छ, कसले ढाल्छ भनेर सरकार दम्भ प्रदर्शन गर्दैछ ।

यतिमात्र होइन, नागरिक समाजलाई सिंहदरवार वरिपरि आउनै नदिने निषेधाज्ञासमेत जारी गरेको छ । अव कसैले बिरोध गर्ने भए सरकारले नदेख्ने, नसुन्ने पर परतिर गएर विरोध गर्नुपर्ने भयो ।

यस्तो नयाँ खालको लोकतन्त्र भन्ने कि निरंकुशताको सुरुआत भइसकेको छ । प्रतिपक्षी कमजोर भएका बेलामा नागरिक समाज, बुद्धिजीवीले बोल्नुपर्ने हो, तिनलाई समेत अप्रभावित पार्ने प्रयास भएको छ ।

विप्लव माओवादीले जनसरकारलाई सक्रिय पार्दै लगेको छ, निर्वाचित प्रतिनिधिहरु र निजी स्कूलहरुलाई समेत समानान्तर सरकारमा दर्ता गर्न आदेश दिएपछि सरकारले विप्लव माओवादीका धेरै नेतालँई पक्राउ गर्ने पूर्जी जारी गरेको छ ।

यसकारण पनि विप्लव समूह आक्रोसित हुनपुगेको हो । सरकार र विप्लव पक्षको यो जुवारीले आगजनी र हिंसा निम्त्याउन सक्ने देखिदैछ ।