धादिङमा ४ सवारी साधन एक आपसमा ठोक्किएर आगलागी

प्रकाशित मिति : : बुधबार, बैशाख १९, २०७५

accident

काठमाडौं दिङमा ४ सवारी साधन एक आपसमा ठोक्किएर आगलागी भएको छ । बुधबार धादिङको थाक्रे गाउँपालिकाको महादेववेशी नजिकै नेपाली सेनाको ट्रक, मालवाहक ट्रक र २ वटा मोटर साइकल ठोक्किदा आगलागी भएको हो ।

दुर्घटनाबाट ट्रकमा आगलागी भएर क्षति भएको छ भने ३ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी नियन्त्रणका लागि सेना, प्रहरी र स्थानीयले प्रयास गरिहरको छन् ।