मनोमानी शुल्क लिएको भन्दै प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी

प्रकाशित मिति : : बुधबार, बैशाख १९, २०७५

पोखरा । निजि विद्यालयहरुले राज्यको नियम विपरित मनोमानी रुपमा विद्यार्थीहरुको पढाई शुल्क लिएको भन्दै नयाँ शक्ति विद्यार्थी युनियन र अनेरास्ववियु क्रान्तिकारीद्वारा संयुक्त रुपमा कास्कीका प्याब्सन र एनप्याब्सनको कार्यालयमा आज (बुधबार) तालाबन्दी गरेका छन् । शुल्क, छात्रवृत्ती, स्टेशनरीजस्ता कुरामा अभिभावकलाई सहुलिएत नदिई झनै ढाड सेक्ने काम गरेको भन्दै दुई विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।
नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिव सुनिल पौडेल, बिकल पौडेल, केन्द्रीय सदस्य नरेन्द्र बसेल तथा अनेरास्ववियु क्रान्तीकारीका कास्की अध्यक्ष काजि गुरुङ, जिल्ला सदस्य आस्था नेपाली लगाएतको टोलीले तालाबन्दी गरेका हुन् ।