तरकारी खेतीमा आत्मनिर्भर बनाउँन चार हजार कृषकलाई बीउ वितरण

प्रकाशित मिति : : बुधबार, बैशाख १९, २०७५

beans_akhabardainik

पोखरिया । धोबिनी गाउँपालीकाले कृषकहरूलाई तरकारीमा आत्मनिर्भर बनाउन बीउबिजन वितरण गरेको छ ।

धोबिनी गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीले वडा नं. १ देखि ५ सम्मका करिब ४ हजार घरधुरीलाई १० धुरदेखि १ कठ्ठा सम्म तरकारी खेती गर्न सम्नेगरी बीउ वितरण गरेको बताए । उनले मैसमी र बर्खे तरकारी प्रत्येक वडामा बितरण गरिएको जानकारी दिए ।

कृषकहरूलाई रामतोरई,बोडी,करेला,लौका,साँग,घिरैलाका बीउ बितरण गरेको र आगामी दिनमा कृषकसँग सम्बन्धित बोरिंग,पम्पसेट,मोटर,र स्प्रे ट्याङ्की,कृषि चुन,जैविक मल खरिदमा ७० प्रतिशत अनुदान दिने तयारी गरेको चौधरीले बताए । यसका लागि गाउँपालीकाले सुचना प्रकाशित गरेको र अनुदानमा कृषि समाग्री खरिद गर्न इच्छुक किसानहरूसँग निवेदन लिने काम शुरू गरिसकेको बताए ।

गाउँपालीकाको कृषकहरू तरकारी खेतीमा आत्मनिर्भर बनुन् भन्ने अभिप्रायले कृषकहरूलाई लक्षित गरेर बीउ र कृषि सामाग्री वितरण गरिन लागेको चौधरीले बताए ।