पार्टी एकताका लागि छलफल; माओवादीको बैठक जारी, एमालेको साँझ बस्ने

प्रकाशित मिति : : बुधबार, बैशाख १९, २०७५

http://www.akhabardainik.com/wp-content/uploads/2018/05/kp-and-prachanda-1.jpg

पार्टी एकताको गृहकार्य : माओवादी बैठक जारी, एमालेको साँझ बस्ने

वैशाख १९, काठमाण्डौ । नेकपा माओवादी केन्द्रसँगको एकताका विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाइएको एमाले पार्टी कार्यालयले जनाएको छ।

साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भएको गोप्य वार्ताको विषयमा ब्रिफिङ गर्ने बताइएको छ।

पछिल्लो समय पार्टी एकताको विषय टुंगो नलागिरहेको अवस्थामा दुवै पार्टीहरू आन्तरिक छलफलमा जुटेका छन्।

एकताकै विषयमा छलफल गर्नका लागि माओवादी केन्द्रको सचिवालय बैठक पार्टी मुख्यालय पेरिसडाँडामा चलिरहेको छ । पार्टी एकताको विषयमा भएका प्रगतिको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सचिवालयलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ।

प्रचण्डले यसअघि पार्टी एकताका विषयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको वान अन वान वार्तामा भएको छलफलका विषयमा पार्टीको सचिवालयलाई जानकारी दिने छन्।