पानीको अभाव भोगिरहेका जनतामाझ प्रधामन्त्रीले भनेः अब शुद्ध पानी खुवाइन्छ

प्रकाशित मिति : : बुधबार, बैशाख १९, २०७५

केपी ओली -अखबार दैनिक

झापा, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले देशरभर शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह जिल्ला झापा पुगेका प्रधानमन्त्री अ‍ोलीले बुधबार दमकमा आयोजित कार्यक्रममा पानीको हाहाकार भोगिरहेका जनलाई शुद्ध खानेपानी खुवाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले दमक–रवि बहुवर्षीय सडक योजनालाई द्रुतरुपमा अगाडि बढाउने बताउँदै दुई लेनको सडकले मेची राजमार्गसम्म जोड्ने बताए । उनले प्रदेश नम्बर १ को राजधानी जहाँ भए पनि ब्यापारिक हबको रुपमा दमकको विकास गर्ने बताए ।