पार्टी एकताबारे पेरिसडाँडामा प्रचण्डको खुलासा !

प्रकाशित मिति : : बुधबार, बैशाख १९, २०७५

काठमाडौ , १९ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच ६०–४० को आधारमा नभई समान हैसियतमा पार्टी एकता हुने बताएका छन् । समान हैसियतमा पार्टी एकता गर्न एमाले–माओवादीबीच समझदारी भइसकेको उनको भनाई थियो ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालयको बैठकलाई एकताका सन्दर्भमा भएका प्रगतिबारे ब्रिफिङ गर्दै प्रचण्डले समान हैसियतमा केहि दिनभित्रै एकता हुने बताएका हुन् ।

बैठकपछि प्रवक्ता पम्फा भुसालले पार्टी एकता समान हैसियतमा हुने अध्यक्षले बैठकमा जानकारी गराएको बताइन् । यस्तै एमाले जनयुद्ध समेत स्वीकार गर्न तयार भइसकेको भन्दै प्रचण्डले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनै पनि नेताहरु एकीकृत पार्टीमा नछुट्टे समेत बताएका थिए ।