ओली सरकार दलाल,नोकरशाही र पुँजीपतिको हित गर्ने सरकार हो : सिपी गजुरेल (भिडियाे सहित)

प्रकाशित मिति : : बिहिबार, बैशाख २०, २०७५

cp gajerel-akhabardainik

भारतीय नाकावन्दीलाई सहज कसरी मान्ने ?एकातिर भएको सिमा पनि बन्द गरिदिएर नेपाली जनतालाई सकसमा पार्ने भारतलाई कसरी सहज रुपमा लिने ? नेकपा क्रान्तिकारी माओवादीका नेता तथा देशभक्त जनगणतान्त्रिकका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले माउण्टेन टेलिभिजनको कार्यक्रम संवादमा कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।

केपी ओली सरकार दलाल ,नोकरशाही पुँजीपतिको हित गर्ने नेपालका उत्पादनहरु प्रोत्साहन नगर्ने र विदेशीको मात्रै हित सोच्ने र सरकार भएको गजुरेलको आरोप छ।

संसदीय राजनीतिमा जनतालाई हरेक पाँच बर्षमा एकपटक झुक्याए पुग्छ।नेपाल बन्द पनि आन्दोलनको एउटा स्वरुप हो तर जे कुरामा पनि नेपाल बन्द गर्ने चलन धेरै भयो।बन्द धेरै भएर जनतालाई सास्ती धेरै भएको र अरु विकल्प भएसम्म नेपाल वन्द रोज्न नहुने गजुरेलको भनाई थियो।

प्रधानमन्त्री ओलीको विगतको पृष्ठभूमि राम्रो थिएन महाकाली सन्धीमा ओलीकै हात थियो तर ओली नाकावन्दीको समयमा भारतसँग झुकेनन् र चीनसँग पारवहन सन्धि गरेर राम्रो काम गरेका थिए र सत्तामा पुगेपछि उनले राम्रो गर्ने आशा गरेका थियौ तर भारतसँग भएको असमान-सन्धि सम्झौता खारेज गर्छु भनेर प्रतिवद्धता गरेर पनि ओलीले त्यसमा कुनै काम गरेनन्।

पार्टी एकताको नाममा गाईजात्रा भईरहेको छ।भागवण्डामा कुरा मिलेको छैन,खासमा माओवादी पार्टी नै भद्रगोलको अवस्थामा छ।प्रचण्डले कतिखेर ओलीले छोड्लान् र प्रधानमन्त्री होउला भनेर कुरेर बसिरहेको आरोप मैनालीले लगाए।

हेर्नुहोस् गजुरेलसँगको कुराकानी