साताको अन्तिम दिन आज बिहीबार शेयर बजारमा हरियाली छायो

प्रकाशित मिति : : बिहिबार, बैशाख २०, २०७५

share-bull

काठमाडौं, वैशाख २० । साताको अन्तिम दिन बिहीबार शेयर बजार उकालो लागेको छ । बिहीबार कारोबार शुरु भएको समयदेखि नै अधिकांश उपसुचकहरु ह्रियाली देखिएका थिए । हालसम्म २ लाख ६६ हजार ६ सय ८८ कित्ता शेयर किनबेच भएका छन् ।

आज १२ बजेर १० मिनेट जादा सम्म शेयर बजार १५.३२ अंकले बढेर १३७५ दशमलव ७० अंकमा पुगेको छ । यो समयसम्म १६ करोड ११ लाख ४८ हजार १ सय ८२ रुपैयाँ पुगेको छ ।