विप्लव र मोहनविक्रमलाई झट्का, प्रभावशाली नेता माओवादी केन्द्रमा आउँदै

प्रकाशित मिति : : बिहिबार, बैशाख २०, २०७५

biplop and mohan bikram -akhabardainik

मोहनबिक्रम सिंह नेतृत्वको नेकपा मसालका नेता कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा आज प्रवेश गर्नेछन् । मसालका ब्युरो सदस्य गणेश कुँवरको नेतृत्वमा ४० जना प्रवेश गर्न लागेका हुन् ।

माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमकाबीच उनीहरुलाई पूर्वप्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवेश गराउने बताइएको छ ।

त्यस्तैगरि नेत्रब्रिकम चन्द विप्लव नेतृत्वको नेकपाका पनि नेता कार्यकर्ता माओवादीमा प्रवेश गर्दैछन् । विप्लवका १ सय जना माओवादीमा प्रवेश गर्न लागेका हुन् । आज तयारी नपुगेका कारण नेकपाका नेता कार्यकर्तालाई भोली एक कार्यक्रमबीच प्रवेश गराउने माओवादीको तयारी छ । -काठमांडू टुडे