ओलीसग भेटे लगत्तै प्रचण्ड पुगे माधव नेपाललाई भेट्न,भयो यस्तो सहमति !

प्रकाशित मिति : : बिहिबार, बैशाख २०, २०७५

oli-prachanda-madhav nepal-akhabardainik

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि भेटघाट र छलफल तीब्र बनाएका छन् । बिहिवार बिहान एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका प्रचण्ड लगत्तै एमाले नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

नेता नेपाललाई भेटन कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका प्रचण्डले पार्टी एकता, सांगठनिक समायोजन लगायतका विषयमा ‘वान टू वान’ छलफल गरेका थिए । प्रचण्ड–नेपालबीच पार्टी एकताकै विषयमा छलफल भएको नेता नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए ।

पार्टी एकता पछिको महाधिवेशनपछि अध्यक्ष को बन्ने भन्ने बिषयमा सहमति जुट्न नसकेका बेला प्रचण्ड–नेपाल भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।