यसरी गर्नुस् मुटुको ब्यायम

प्रकाशित मिति : : बिहिबार, बैशाख २०, २०७५

human heart

काठमाडौं । योग विज्ञानमा मुटुको उपचार तथा सुधारका लागि धेरै उपचार पद्दति छन् । तीमध्ये अनाहत चक्रको ध्वनिद्वारा एकदमै सहज ढंगले मुटुलाई फाइदा पुर्या उन सकिन्छ। लय, ताल, ध्वनि तथा मन्त्रले मुटुको राम्रो सुधार गर्न सकिन्छ । कुनै पनि ध्वनिलाई सुनियोजित रुपले लय, ताल मिलाएर लक्ष्यमा भेदन गर्ने तथा अभिव्यक्त गर्ने विधिलाई नै मन्त्र तथा माहामन्त्र भनिन्छ ।
मन्त्र तथा ध्वनि एकदमै शक्तिशाली हुन्छ। गुरुत्व शक्ति तथा सम्मोहन शक्ति र यसमा जैवीक विद्युतीय शक्ति प्रभावशाली मानिन्छ ।

लाभ
मुटुको कुनै पनि समस्या, मुटुको भल्भ, स्नायु तथा नलीमा कडापन होस् या शिथिलता, यसले लाभ गर्छ। त्यस्तै, रगतमा बाक्लोपन होस् वा मुटुको रिदम हर्टबिटको अनियमितता या असन्तुलन, सबैका लागि यस प्रक्रियाले लाभ गर्छ। अनाहत चक्रको अर्को विशेषता हो, प्रतिरोध शक्ति (इम्युनिटी पावर), अक्सिजन तथा प्राण शक्तिका साथै वयान नाम गरेको प्राण वायुले समग्र शरीरलाई चाहिने सम्पूर्ण तत्व पुर्‍याउने काम गर्छ।