मोदीलाई अभिनन्दन गर्ने तयारी भइरहेको जनकपुरस्थित रंगभूमि वर्षाका कारण जलमग्न भएपछि…

प्रकाशित मिति : : बिहिबार, बैशाख २०, २०७५

jalamagna

वैशाख २०, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने तयारी भइरहेको जनकपुरस्थित रंगभूमि बाह्र बिगहा मैदान बिहीबार बिहान भएको भारी वर्षाका कारण पानी जमेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बैशाख २८ गते जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । उनी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

बिहीबार बिहानको पानीले भरिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहलगायतका अधिकारीहरुले अनुगमन गरेका छन् ।