“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा सम्बोधन गर्ने छैनन्” : सभामुख कृष्णबहादुर महरा

प्रकाशित मिति : : बिहिबार, बैशाख २०, २०७५

Krishna-bahadur-mahara-1

बैशाख २०, काठमाडौं । सभामुख कृष्णबहादुर महराले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा सम्बोधन गर्ने जानकारी नभएको बताएका छन् । सभामुख महराले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफूले प्रधानमन्त्रीलाई सोधेको तर अहिलेसम्म त्यस्तो जानकारी नभएको जवाफ पाएको प्रष्ट पारेका छन् ।

मोदी वैशाख २८ गते नेपाल आउने कार्यक्रम छ। मोदीले संसद्मा सम्बोधन गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रीहरूबीच क्याविनेटमा नै विवाद भएको बताइएको छ। महराले सरकारको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने जनाउनुभयो। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्नुहुनेछ। ‘अहिलेसम्मको तयारी १ गते नै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भन्ने हो’ उहाँले भन्नुभयो– ‘धेरैवटा विधेयक ल्याउनुपर्ने भएकाले सरकारलाई छिटो गर्न भनिरहेको छु।’