सिन्डिकेटलाई तह लगाउँन साझा, मयुरी देखि अन्नपुर्ण सम्म सडकमा (फोटोफिचर)

प्रकाशित मिति : : शुक्रबार, बैशाख २१, २०७५

annapurna yatayat-akhabardainik

काठमाडौ । आज सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाएपछि विहान केहि बेर यात्रुहरूले असुविधा झेले ।

तर सिन्डेकट पक्षले बस नचलाएपनि अन्य सवारी साझा, मयुरी,अन्नपुर्ण,लगाएत अन्य सवारीसाधनले भने सर्वसाधरणलाई सकेसम्मको सुविधा भने दिइरहेको छन् ।

तर माग अनुसारको यातायात नभएकाले यात्रु हरूले केहि सकस भने झेलीरहेका छन् । काठमाडौै उपत्यका भित्र अहिले साझा,मयुर,अन्नपुर्ण जस्ता यातायातलाई अन्य निजी साधनले पनि साथ दिइरहेको छन् ।

के गर्दै छ सरकार ?

सरकारले भने गाडी नचलाए रुट खारेज गर्ने चेतावनी दिएको थियो । उक्त रुटमा अन्य सवारीलाई सञ्चालन अनुमति दिने तयारी सरकारको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीसँग समस्या समाधानका लागि छलफल भइरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै मन्त्री महासेठले मन्त्रालयका सचिवहरु र व्यवसायीबीच छलफल भइरहेको बताएका हुन् ।
आजको बन्दले यात्रुलाई समस्या नपरेको दाबी मन्त्री महासेठले गरे । तर सडकमा सवारी साधन नचल्दा स्थानीयदेखि लामो दुरीमा यात्रा गर्नुपर्ने यात्रु सवारी साधन नपाएर बिचल्लीमा परेका छन् ।