भट्टराई र यादवलाई संगै लिएर नयाँ मोर्चाबन्दीको तयारीमा प्रचण्ड, एकाबिहानै भयो यस्तो गोप्य वार्ता

प्रकाशित मिति : : शुक्रबार, बैशाख २१, २०७५

ministerrs

वैशाख २१, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुरामा भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबिच नयाँ मोर्चा बनाउने गृहकार्य सुरु भएको छ ।

मोर्चा बनाउने विषयमा प्रचण्ड, भट्टराई र यादवबिच भेटवार्ता भएको हो । शुक्रबार विहानै प्रचण्ड निवास खुमलटारमा भट्टराई र यादव पुगेका थिए ।

एमालेसँग पार्टी एकताको प्रयास गरिरहेका प्रचण्डले यदी एकता हुन नसक्ने अवस्था आयो भने कस्तो रणनीति बनाउने भन्ने विषयमा छलफल गर्न भट्टराई र यादवलाई बोलाएको बुझिएको छ ।

यद्यपी यादवले ऋषि धमलासँगको कुराकानीमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको बताएका छन् ।

तर गोप्य रुपमा भएको भेटले नयाँ राजनीतिक रणनीति र समिकरण बनाउन खोजिएको आशंका छ ।

एमालेले एकता गर्ने भन्ने तर माओवादीले भनेजस्तो सम्मानजनक वा बराबरी हैसियतमा व्यवस्थापन नगर्ने आशंका प्रचण्डले गरिरहेका बेला भट्टराई र यादवसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

एकता भएन भने नयाँ मोर्चाबन्दी बनाउने वा राजनीतिक समिकरण बदल्ने मनसायमा प्रचण्ड रहेको कतिपयको आशंका छ । reportersnepal