रैराङ हाइड्रोपावरको साधारण शेयरको बिक्री वैशाख ३१ गतेदेखि सुचारु

प्रकाशित मिति : : शुक्रबार, बैशाख २१, २०७५

hydropower

काठमाडौं, वैशाख २१ । निजी क्षेत्रको जलविद्युत् उत्पादन कम्पनी रैराङ हाइड्रोपावरको साधारण शेयरको बिक्री वैशाख ३१ गतेदेखि हुने भएको छ । वैशाख ३१ गतेदेखि आगामी जेठ ३ गतेसम्म साधारण शेयरमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले ८ करोड ४० लाख बराबरको ८ लाख ४० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । उक्त कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबीएलएस क्यापिटल लिमिटेड रहेको छ ।