गृहमन्त्री थापाको आदेशमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ

प्रकाशित मिति : : शुक्रबार, बैशाख २१, २०७५

syndicate

वैशाख २१, काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ परेका छन् । नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन आउँदा क्लबको कार्यालय परिसरबाटै पक्राउ गरेको हो । सादा पोषाकमा आएका प्रहरीले सिटौलालाई पक्राउ गरेर महानगरिय प्रहरी परिसर टेकुमा लगेको छ ।

गृहमन्त्री रामबहादुर थापाले यातायात अवरुद्ध गर्नेलाई कारबाही गर्ने निर्देशन दिएलगतै प्रहरीले यातायात समितिका पदाधिकारीलाई समात्न सुरु गरेको हो ।

प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवन बन्जाडे र उपाध्यक्ष पदम गहालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी श्याम ज्ञवालीले जानकारी दिए। यातायात बन्द हुँदा लामो/छोटो दुरीका यात्रु मारमा परेका छन्।