पार्टी एकताको बिषयमा वार्ता चलिरहेको बेला प्रचण्ड हान्निए पोखरातिर , यस्तो छ कारण

प्रकाशित मिति : : शनिबार, बैशाख २२, २०७५

prachanda

पोखरा, २२ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज पोखराका विभिन्न कार्यक्रममा ब्यस्त भएका छन् ।

शुक्रबार पोखरा आईपुगेका अध्यक्ष प्रचण्ड आज बिहान १० बजे माओवादी केन्द्र प्रदेश नं. ४ द्वारा आयोजित कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचन्डको भोलिमात्रै काठमाडौं जाने कार्यक्रम रहेको छ । त्यसैगरी उहाँले प्रदेश नं. ४ का पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट पनि गर्ने छन् ।

एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रियालाई टुँगोमा पुर्याउनेगरि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता चलिरहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पोखरा आएका हुन् ।