विप्लवले आहवान गरेको बन्दका कारण जनजीवन प्रभावित , गुडिरहेको यात्रु बसमा पेट्रोल बम प्रहार

प्रकाशित मिति : : शनिबार, बैशाख २२, २०७५

banda

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको छ।

काठमाडौँबाट दाङ आउँदै गरेको एउटा यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको छ । शनिबार बिहान रा ६ ख ३९७० नम्बरको मालीका कालीका प्रालिको बसमा पेट्रोल प्रहार भएको प्रालिका अध्यक्ष सुमन पोखरेलले जानकारी दिए। दुई जनाको टोलीले कपिलबस्तुको गोरूसिङ्गे र चार नम्बरको बिचमा पर्ने बन्गैं भन्ने स्थानमा पेट्रोल बम प्रहार गरेको थियो।

दुई जनाको सङ्ख्यामा रहेका अज्ञात व्यक्तिले गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरेका थिए। बम प्रहार गरे लगतै चालकको पछाडिको भागमा आगो लागेको थियो। ‘ड्राइभरको पछाडिको एक र दुई नम्बर सिटको नजिकको बढीमा ह्वाहार्ती आगो लागेपछि यात्रु र गाडीका स्टाफको प्रयासले आगो निभाइएको हो,’ अध्यक्ष पोखरेलले भने।

अज्ञात समूहको खोजी कार्य भरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विप्लप समूहले प्रेट्रोल प्रहार गरेको हुन सक्ने बताएको छ ।

उक्त बसका चालक चन्द्रबहादुर डाँगीले यात्रुले बसको बढीमा लागेको आगो चलाखी पूर्वक तत्कालन मिनरल वाटर हालेर निभाएको हुँदा ठुलो क्षतिबाट जोगिएको बताए।