आहूतिले खोले समाजवादी कम्युनिष्ट पार्टी, ध्रुव पराजुलीदेखि जागृतसम्म अटाए

प्रकाशित मिति : : शनिबार, बैशाख २२, २०७५

                                                           ध्रुव पराजुलीदेखि जागृत रायमाझीसम्म अटाए

काठमाडौँ । नेकपा माओवादी केन्द्र परित्याग गरेका विश्वभक्त दुलाल आहूतिको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको ५१ सदस्यीय समिति गठन गरिएको छ ।

 

आहूतिले आज जारी गरेको विज्ञप्तिमा सबै प्रकारको शोषण, उत्पीडन र पर्यावरण विनासका विरुद्धमा वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने संकल्पसहित नयाँ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल निर्माण गर्न लागिएको जानकारी दिइएको छ ।

आज सार्वजनिक गरिएको विज्ञप्तिअनुसार वैचारिक राजनीतिक तथा सांगठनिक अभियान समितिमा रमेश सुनुवार, ध्रु पराजुली, विदुर खरेल, धनकुमारी सुनार, नवीन रिमाल, बलराम तिमल्सिना, बन्धुविक्रम क्षेत्री, राजेश्वरी सुवेदी, जागृत रायमाझीलगायत ५१ जना छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अगाडि बढेपछि असन्तुष्टि व्यक्त गर्दै आहूतिले माओवादी केन्द्र छाडेका थिए ।