डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको साधारण सभा सम्पन्न

प्रकाशित मिति : : मङ्लबार, जेष्ठ १, २०७५

AGM Photo bank

काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको मिति २०७५ साल बैशाख २८ गते १२ औ साधारण सभा होटल अन्नपूर्ण, दरबारमार्ग, काठमाण्डौमा वेलुकी ६ वजे सम्पन्न भएको थियो । संस्थाको अध्यक्ष श्री भरतराज ढकालज्यूको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।

एशोसिएसनको ११३ औ कार्य समिति बैंठकले एशोसिएसनमा रिक्त रहेका पदहरु विधान अनुरुप नियूक्त गरिएको ब्यहोरा साधारण सभामा जानकारी गरिएको थियो ।

एशोसिएसनको कार्यवहाक अध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा एशोसिएसनका प्रथम उपाध्यक्ष श्री गोविन्द प्रसाद ढकालज्यू र महासचिवमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रधुम्न पोखरेलज्यूलाई यहि मिति २०७५ साल बैंशाख मसान्त देखि नियूक्त गरिएको थियो ।

त्यसैगरी कार्यकारी सदस्यमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार ज्ञवालीज्यूलाई यहि मिति २०७५ साल बैंशाख २८ गते देखि नियूक्त गरिएको थियो । उक्त नियूक्त गरिएका पदहरु आगामी निर्वाचन सम्मको लागि रहेको थियो ।