मुक्तिनाथ विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा श्री प्रद्युमन पोखरेल नियुक्त

प्रकाशित मिति : : मङ्लबार, जेष्ठ १, २०७५

muktinath bank/akhabardainik

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको संचालक समितिको निर्णय बमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृतमा यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत श्री प्रद्युमन पोखरेललाई नियुक्त तथा पदस्थापन गरेको छ ।

बैंकिङ्ग क्षेत्रमा करिव २८ वर्ष लामो अनुभव संगाल्नु भएका श्री पोखरेलले, संस्थापक प्रमुख कार्यकारी अधिकृत श्री भरत राज ढकालको कार्यकाल समाप्त भएपश्चात बैंकको दोस्रो प्रमुख कार्यकारी अधिकृतका रुपमा पदभार ग्रहण गरेका हुन् । बैंकको संचालक समितिका अध्यक्ष श्री खिमप्रकाश मल्लले नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएका पोखरेलले नबिल बैंकबाट आफ्नो बैंकिङ्गसेवासुरु गरी करिब १९ वर्ष उक्त बैकको विभिन्न विभागहरुको जिम्मेवारी वहन गरेका थिए । सो पश्चात उहाँले ६ वर्ष मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकको रुपमा कार्यरत रही २०७३ मंसिर १९ गते देखि यस बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थियो ।

विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रुपमा सहभागीता जनाउँदै आएको यस विकास बैंकले नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको ऐतिहासिक तथा पुरोनो वीर अस्पतालको सरसफाईको लागि रु १ लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम धुर्मुश सुन्तली फाउन्डेशन मार्फत फाउन्डेशनका अध्यक्ष श्री सिताराम कट्टेल(धुर्मुश) लाई बैंकका संचालक समितिका अध्यक्ष श्री खिम प्रकाश मल्लले प्रदान गरे ।