गगन थापालाई ओलीको जवाफ : मैले सकिन माफ पाउँ हजुर भनेको छु र घुँडामा भ्वाङ पर्नलाई ? (भिडियो सहित)

प्रकाशित मिति : : बुधबार, जेष्ठ २, २०७५

सोमबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद गगन थापाले केपी ओलीलाई ‘अब भारतले नाकाबन्दी हुँदैन’ भन्दा सरकारको घुँडामा भ्वाङ पर्‍यो कि परेन भनी प्रश्न गरेका थिए । त्यही प्रश्नको कडा जवाफ फर्काएका छन् प्रधानमन्त्री कपी शर्मा ओलीले ।

मंगलबार युवा संघको कार्यक्रममा कांग्रेस नेता गगन थापाको अभिव्यक्तीलाई अंकित गर्दे ओलीले भने, ‘उहाँहरुको बोली मैले सुन्दै आएको छु, घुँडामा भ्वाङ पर्‍यो भन्नुभएछ । ‘ ओलीले हाँस्दै भने मैले हजुर, यसपल्ट संविधान संशोधन सकिन । अर्का पल्ट गर्छु माफ पाउँ भनेको छु र घुँडामा भ्वाङ पर्नलाई ?’ भन्दै थापालाई कडा जवाफ फर्काएका छन् ।

साथै प्रधानमन्त्री ओलीले भने मैले दृढताका साथ सम्पुर्ण कुराहरु राखेको छु । उनले थपे कुनै संयुक्त बक्तब्य दील्लीमा जारी होस या अहिले संयुक्त बक्तव्यमा कही आन्तरीक मामलामा हात हाल्न नदिएको पनि स्पष्ट पारेका छन् ।

हेरूम भिडियाे जस्ताकाे तस्तै भिडियाे सुनैलाे नेपाल