ताजा अपडेट : विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, पाइलोट र को-पाइलोट दुवैको मृत्यु

प्रकाशित मिति : : बुधबार, जेष्ठ २, २०७५

makalu air

सुर्खेत । सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान दुर्घटनामा पाइलोेट र को पाईलोट दुवैको मृत्यु भएका छन् ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार पाइलट र को पाइलट दुवैको मृत्यु भएको हो । बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट सामान लिएर उडेको ‘कार्गो’ जहाज हुम्लाको खार्कोनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान फेला पारेको हो । थप विवरण आउन बाँकी छ ।