मिर्मिरे माइक्रोफाइनान्स बैंकको शेयर मूल्य समायोजन

प्रकाशित मिति : : बुधबार, जेष्ठ २, २०७५

Mirmire-Micro

काठमाडौं, जेठ २ । नेपाल स्टक एक्सचेञ्जले मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन गरेको छ । मिर्मिरेको ३० दशमलब ८० प्रतिशत बोनस शेयर पछि नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

समायोजनपछिको मूल्य २ हजार ५ सय १८ रुपैयाँ ३५ पैसा तोकिएको नेप्सेले जनाएको छ । यसको आधारभूत मूल्य २ हजार ४४ दशमलब १७ रुपैयाँ दिएको थियो ।