“नेपाली शेन वाँर्न” सन्दीप लामिछानेले रचेको इतिहास

प्रकाशित मिति : : बुधबार, जेष्ठ २, २०७५

sandip lamichane -akhabardainik

काठमाडौँ,जेष्ठ २  । दील्ली डेयरडेविल्स प्ले अफ बाट बाहिरी सकेको छ । यस्तो अवस्थामा अब दील्लीले बाकि म्याचमा आफ्नो सम्मान बचाउन मात्र लड्नेछ ।

१२ मे मा भएको खेलमा दील्ली को फिचोज शाह कोटलामा रोयल च्यालेंजर्स बैंगलोर को विपक्ष दील्ली डेयरडेविल्स विराटको टिमलाई टक्कर दिन निक्लेका थिए । दील्लीले यस सीजनमा सबैभन्दा बढी प्लेइंग – ११ मा परिवर्तन गर्ने टीम हो । तरपनि सबैभन्दा कम म्याचमा जीत हासिल गर्न सक्यो ।

दील्लीले यस आइपीएल २०१८ को ४५ औ म्याचमा २ (दुई) १७ वर्षिय युवा खेलाडीलाई अन्तिममा आएर मौका दियो । पहिलो मौका पाएका खेलाडी थिए भारतका अभिषेक शर्मा र दोस्रो खेलाडी थिए “नेपाली शेन वाँर्न” को नामबाट चर्चीत सन्दीप लामिछाने । सन्दीपलाई अहीले दील्लीमा नेपाली “शेन वाँर्न” भनेर नाम दिन थालेका छन् । प्लेइंग इलावेनमा आएलगत्तै सन्दीपले आइपीएलमा इतिहासनै रचेका छन् ।

सन्दीप नेपालको यस्तो खेलाडी बने जसले पहिलो पटक आइपीएलमा म्याच खेल्न पाए । उनले ४ ओभरमा जम्मा २५ रन खर्च गर्दे एक विकेट लिएका थिए ।

दील्लीले पछील्लो समय केही यस्ता खेलाडीहरुको प्रदशर्न गर्यो जसका कारण सिनियर्स खेलाडी पनि हैरान भए ।  जसमा संन्दीप लामिछाने,ऋषभ पंत,आवेश खान,पृथ्वी शाँ,अभिषेक शर्मा, जस्ता होनहार क्रिकेट खेलाडी परेका छन् ।