भोलि यसरी हुदै छ एकताको घोषणा

प्रकाशित मिति : : बुधबार, जेष्ठ २, २०७५

Bam-gathabandhan-oli-prachanda

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच वार्ता भएपछि एकता सहमति जुटेको हो ।

सम्भवत भोलि नै एकता घोषणा हुनेछ । भोलि मदन भण्डारी स्मृति दिवस हो । मदन भण्डारी स्मृतिको एमालेले गर्ने कार्यक्रममा माओवादी शीर्ष नेताहरुलाई बोलाइएको छ ।

दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ । तेस लगतै अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा हुन सक्ने माओवादी उच्च स्रोतले बतायो । सम्भव भए भोलि नै एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ ।

एमाले र माओवादीले पार्टी एकता गर्ने सहमति गर्दै गठबन्धन बनाएर चुनाव लडेका थिए । चुनावबाट गठबन्धन मात्र नभई पार्टी एकता अनुमोदन भएको भन्दै दुई दलले ७ फागुनले पार्टीको नाम, मार्गनिर्देशक सिद्धान्तबारे सातबुादे सहमति गरे । त्यही सहमतिअनुसार कार्यदल बनाएर बैचारिक, राजनीतिक विषयहरुमा प्रतिवेदन पनि बनाएका छन् ।