आज ह्यातै घट्यो सुन र चाँदीको भाऊ, यतिमा कारोबार हुदै

प्रकाशित मिति : : बुधबार, जेष्ठ २, २०७५

gold n silver/akhabrdainik

बुधवार । बुधवार सुनको मुल्य तोलाका ५ सय रुपैया घटेको छ । मंगलवार ५९ हजार २०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मुल्य वुधवार ५८ हजार ७०० रुपैयाामा झरेको हो ।

त्यस्तै तेजावी सुन बुधवार ५८ हजार ४०० रुपैयाँमा कारोवार भइरहेको सुन चाँदी व्यवसायी महासंधले जनाएको छ ।
यता , चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोवार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो कारोवारको तु्लनामा प्रति तोला १० रुपैयाँले घटेको हो ।