सन्दिप लामिछाने परे ‘वर्ल्ड ११’ मा, वेष्ट इण्डिजविरुद्ध खेल्ने

प्रकाशित मिति : : बुधबार, जेष्ठ २, २०७५

sandip lamichane -akhabardainik

काठमाडौँ, २ जेठ । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने ‘वर्ल्ड ११’ मा परेका छन् । यो खेल ३१ मे मा लर्डसमा हुनेछ ।

बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दिपले मौका पाएका हुन् । उनका लागि यो ऐतिहासिक खेल हुनेछ ।

किनकी उनको टोलीको कप्तान इयान मोर्गान हुन् । यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।