झरेका पात,बोक्राप्रति चिन्ता हैन नयाँ विरूवालाई मलजल गर्नेतर्फ केन्द्रित होऔं – बाबुराम भट्टराई

प्रकाशित मिति : : बिहिबार, जेष्ठ ३, २०७५

baburam-bhattarai/akhabrdainik

काठमाडाैं । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ विरूवा हुर्कदै गर्दा पुराना पात,बोक्रा झर्दै जाने बताएका छन् । भट्टराईले एक ट्वीट मार्फत भनेका छन् यो प्रकृतिको नियम हो, झरेका पात,बोक्राप्रति चिन्ता हैन नयाँ विरूवालाई मलजल गर्नेतर्फ केन्द्रित होऔं । प्रसंग हो नया शक्ति पार्टीका चुलबहादुर पुलामी (सरोज)लाइ उपाध्यक्ष भनेर  एमालेमा प्रवेश गराएपछिको हाे  । यस विषयमा नयाँ शक्क्ति पार्टी नेपालले बिज्ञप्ति नै निकालेको छ ।
बिज्ञप्तिमा भनिएको छ

सिन्धुली जिल्लाका उपाध्यक्ष चुलबहादुर पुलामी (सरोज) सयौं कार्यकर्ताहरू लिएर एमालेमा प्रबेश गरेको प्रचारले नयाँ शक्ति पार्टी, नेपाल जिल्ला कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नयाँ शक्ति पार्टीमा अध्यक्ष, उपाध्यक्ष जस्तो कुनै पदीय संरचना नभएको भन्दै हुँदै नभएको पद सिर्जना गरेर बजार हल्ला गर्नु एमाले जस्तो पार्टीको लागि शोभनीय कुरा नभएको बिज्ञप्तिमा भनिएको छ ।

साथै नयाँ शक्क्ति पार्टीमा सरोज पुलामीको आचरण सम्बन्धी बिषयलाई लिएर २०७४ चैत्र २५ गते सम्पन्न जिल्ला परिषदको बिस्तारित बैठकले अनुसन्धान र स्पष्टीकरण लिने निर्णय गरेको थियो । त्यसैले निज पुलामीलाई कुनै पनि जिम्मेवारी नदिएको नयाँ शक्क्ति पार्टी नेपालले जनाएको छ ।

उक्त बिज्ञप्तिमा भनिएको छ , पार्टीका सयौं कार्यकर्ता लिएर गएको भन्ने कुरा सफेद झूठ हो ।